नेपाल हस्पिटालिटी कन्क्लेभ हुने
काठमाडौं । काठमाडौंमा ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२४’ को आयोजना हुने भएको छ । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनमा टेवा दिने उद्देश्यका साथ आगामी असोज १० गतेदेखि सो कन्क्लेभ आयोजना हुने भएको हो ।
बुढानीलकण्ठस्थित ‘लेमोन ट्रि प्रिमियर होटल’ मा आयोजना हुने उक्त कार्यक्रमले आतिथ्य क्षेत्रका सम्भावना, चुनौती र सरोकारवालाको दायित्वबारे साझा धारणा तयार गर्ने आयोजकले जनाएको छ । होटल एसोसिएसन नेपालसँगको सहकार्यमा विनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना हुने दोस्रो संस्करणको कन्क्लेभले होटल क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारको आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने जनाइएको छ । होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उद्योगबारेमा जान्न, बुझ्न र सिक्न चाहनेका लागि पनि यस कार्यक्रम उपलब्धिमूलक हुने दाबी गरिएको छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा होटल सञ्चालक, सम्भावित लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरूको नेतृत्व वर्ग, सेवाप्रदायकलगायत यस क्षेत्रसँग सम्बन्धित करिब दुई सय जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहनेछ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालमा होटलको वर्तमान अवस्था, समस्या एवं चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, सूचना प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारीलगायत आतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषय घनिभूत छलफल हुने बताए । सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजना हुन गइरहेको कन्क्लेभ सान्दर्भिक हुने आयोजकको भनाइ छ ।
सङ्घका अध्यक्ष शाहले हालको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेको र त्यसमा खर्बौँ लगानी भइसकेको भन्दै यसको भरपूर उपयोग प्रतिफलका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी भएको खाँचो औँल्याए । विनस्टक एसिया नेपालको सहसंस्थापक तथा नेपाल हस्पिटालिटि कन्क्लेभका प्रमुख संयोजक सुबोध थापाले नेपालको आतिथ्यता क्षेत्रको भविष्यको मार्ग तय गर्नका लागि कन्क्लेभ कार्यक्रम एक रणनीतिक मञ्च हुने उल्लेख गरे । नेपालको होटल क्षेत्रमा पछिल्लो समय आइरहेको बृहत्स्तरको लगानी, दिगो अभ्यासहरूको बढ्दो आवश्यकता र यस क्षेत्रभित्र तीव्र बन्दै गइरहेको प्रतिस्पर्धाको पृष्ठभूमिमा कन्क्लेभको महत्व बढेर गएको उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया