रियलमी र लायन्सको रक्तदान
काठमाडौं । रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत भदौ १ गते शनिबारका दिन मिनिस्ट्री बार एन्ड क्याफे, गैरीधारामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरूले रक्तदान गरेका थिए ।
रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमीले आफ्ना प्रयोगकर्ताहरूलाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभई समुदायलाई सशक्त बनाउने कुरामा पनि विश्वास गर्ने बताए । यो रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धतालाई झल्काएको उनको भनाइ छ । आगामी दिनमा पनि हामी यस्ता सामाजिक कार्यमा सक्रिय रहिरहने उनले प्रतिबद्धता समेत जनाए । मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सीईओ रवि धमलाले मिस्टर नेपालको उद्देश्य भनेको रूप र प्रतिभाको प्रवर्द्धन गर्ने मात्र नभई समुदायमा सकारात्मक प्रभाव पार्नुभएको बताए । रक्तदानजस्तो महत्वपूर्ण कार्यमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरे ।
उक्त रक्तदान कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरूले नेपाली सेनाबाट शारीरिक तन्दरुस्तीसम्बन्धी तालिम पनि प्राप्त गरेका थिए । यसवर्ष पनि अघिल्ला संस्करणझैँ प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । मिस्टर नेपालको फिनाले यही भदौ ८ गते शनिबार काठमाडौंमा हुँदैछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया