नाडा अटो सोमा केइले तीन वटा नयाँ मोडल सार्वजनिक गर्ने
काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इ–मोबिलिटीले आउँदै गरेको नाडा अटो सोमा तीन वटा नयाँ मोडलका गाडी सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले सो कार्यक्रममा सार्वजनिक गर्न लागेका तीन वटा गाडीका मोडेलको नाम बताउनेलाई पुरस्कार दिने भएको छ । सोका लागि कम्पनीले सोसियल मिडिया क्याम्पेन सुरु गरेको हो । यस क्याम्पेनमा सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ । सहभागीमध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न पाउने भएका हुन् । यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने बताइएको छ । साथै, आउँदै गरेको नाडा अटो सोमा केइ अटोमोबाइल्सको स्टल नं एच–१६ मा गएर आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूका बारेमा जानकारी लिन समेत सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया