Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखराको लेकसाइडमा अंशुभराको ‘३१ एभिन्यु’ परियोजना

पोखराको लेकसाइडमा अंशुभराको ‘३१ एभिन्यु’ परियोजना


पोखरा । अंशुभरा ग्रुपले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । लेकसाइडको बाराहीचोकमा ६० करोडको लागतमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो ।

अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाका अनुसार केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउनेछ । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराहीचोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले बताए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुनेछ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो, नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले भने । उनले थपे, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिनेछ, मुलुकका विभिन्न ठाउँमा खुलेका मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ । तर यसमा होटल पनि रहनेछ, पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन्, यसमा सपिङदेखि होटलसम्मको सेवा उपलब्ध हुनेछ ।’ अंशुभरा ३१औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ‘३१ एभिन्यु’ नामकरण गरिएको उनले जानकारी दिए ।

भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीन वटा रेस्टुरेन्ट र एउटा बार रहनेछ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्रान्डका कपडा पसल, ह्यान्डीक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ‘पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको छ । सो मलमा पाँच सय २५ वटा पसल सञ्चालनमा छन् । अंशुभराले लेकसाइडमा ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ । साथै, अंशुभराको अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी छ ।

नेपालमा नै रोजगारीको सिर्जना गर्दै विदेश पलायन हुनबाट युवालाई रोक्ने निर्देशक सौगातको सोँच छ । समयसापेक्ष व्यावसायिक लगानीमा उनी विश्वास गर्छन् । प्रविधिमैत्री वातावरणलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय बजारीकरणमा समेत अंशुभराको प्रचारप्रसारमा उक्त प्रोजेक्टमार्फत सहयोग पुग्ने उनको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x