भिभो र जाइसले प्रोफेसनल मोबाइल इमेजिङ ल्याउने
काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभो, आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइससँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामीे लन्चको साथ नेपाली स्मार्टफोन बजारमा क्रान्ति ल्याउने तयारीमा छ । यो सहकार्यले देशभरका बढीभन्दा बढी उपभोक्ताहरूका लागि प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफीको पहुँच पु¥याउने कम्पनीको दाबी छ ।
भिभोले २०२० मा जाइससँगको ग्लोबल सहकार्य सुरु गरेको थियो । यसको मुख्य उद्देश्य मोबाइल इमेजिङ नवप्रवर्तनलाई अघि बढाउनु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो भिभो जाइस सह–इन्जिनियरिङ इमेजिङ प्रणाली भिभो एक्स सिरिजसँगै डेब्यु भएको थियो, यसले स्मार्टफोन फोटोग्राफीको लागि नयाँ मानकहरू स्थापित गरेको कम्पनीको दाबी छ । भिभोको फ्ल्यागसिप एक्स सिरिजमा जाइस अप्टिक्सको सफल एकीकरणले विश्वभरका प्रयोगकर्ताहरूका लागि फोटोग्राफी मापदण्डहरूलाई पुनः परिभाषित गरेको छ ।
अब, प्रिमियम मिड–रेन्ज सेग्मेन्टमा जाइस प्रविधिको परिचयसँगै, भिभोले नेपालको उपभोक्ताहरूलाई असाधारण इमेजिङ क्षमताहरू प्रदान गर्न तयार छ । भिभो नेपालका प्रबन्ध निर्देशक माइकल लिउले प्रिमियम मिड–रेन्ज स्मार्टफोन सिरिजमा जाइस अप्टिक्ससँगको सहकार्यले अत्याधुनिक प्रविधि र अनुपम प्रयोगकर्ता अनुभवहरू प्रदान गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया