‘काठमाडौं युथ कन्क्लेभ’ सम्पन्न
काठमाडौं । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले राजधानीमा ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ आयोजना गरिएको छ । फोनेक्स कलेज अफ म्यानेजमेन्ट युनिभर्सल कलेजद्वारा आयोजित काठमाडौं युथ कन्क्लेभमा पाँच हजार बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा सशक्तीकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताए । युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने भन्दै उनले युवा नै देशका सम्पूर्ण शक्ति भएको उल्लेख गरे । कन्क्लेभमा नृत्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै सुशान्त खत्रीलाई एक लाख रुपैयाँको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको थियो । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपद्वारा सशक्त बनाउनका लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले उत्कृष्ट कार्य गर्न सफल भएको अपेक्षा रहेको कन्क्लेभका संयोजक राजु टण्डनले बताए ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाको शीर्ष प्रायोजनमा कन्क्लेभ आयोजना गरिएको हो । कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुगेको बताइएको छ । विद्यार्थीलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोडिएको थियो ।
विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बनेको आयोजकले जनाएको छ । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य थियो । यस्तै, युवा विद्यार्थीहरूलाई पढाइका साथै उद्यमशीलता र व्यावसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोडिएको थियो । कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिएको कार्यक्रम संयोजक टण्डनले बताए । विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको सम्मेलनबाट युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिएको आयोजकको दाबी छ । वि.स. २०७६ सालदेखि सुरु गरिएको कार्यक्रमको यो पाँचौँ संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया