Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपैचोले ल्यायो चाडपर्व उपहार योजना

पैचोले ल्यायो चाडपर्व उपहार योजना


काठमाडौं । पैचो पसल प्रालिले चाडपर्वको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्ण अष्टमीबाट सुरु भएको कम्पनीको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुनेछ ।

पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउने चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेसिन एक जनालाई, द्वितीय उपहार फ्रिज दुई जनालाई, तृतीय उपहार टेलिभिजन तीन जनालाई र चौथो उपहार स्प्रे ट्याङ्की चार जनालाई दिने जनाएको छ । यस्तै, पाँचौं उपहार एक हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई, छैठौं उपहार पाँच सय रूपैयाँको पैचो कम्पनीका उत्पादन २० जनालाई दिने कम्पनीले जनाएको छ ।

उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुनेछ । उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट दुई हजार पाँच सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल खरिद गर्नुपर्नेछ । यस्तै, एक हजार रूपैयाँको तरकारी तथा फलफूल, एक हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान, पाँच सय रूपैयाँको बीउविजन खरिद र प्रतिदिन प्रतिसंकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x