टाटाको पन्च ईभी बजारमा
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको १६औँ टाटा ईभी नाडा अटो सो २०२४ मा पन्च ईभीको बिक्री वितरण आरम्भ गरेको हो ।
टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, एक सय ९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, तीन सय ६६ लिटरको बुट स्पेस, फ्रङ्कमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भू–भागमा गरेको परीक्षणको अनुसार गाडीले दुई ७० देखि दुई सय ९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च ईभीमा एक सय लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी दिएको छ ।
टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । नेपालमा पनि यसको उच्च बिक्री हुने अपेक्षा राखिएको उनले बताए । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी– पन्च ईभीले ग्राहकहरूलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया