Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा अटो सोमा सिएफमोटोको ४५०एमटी

नाडा अटो सोमा सिएफमोटोको ४५०एमटी


काठमाडौं । ऋषि ट्रेड सेन्टरले सिएफमोटो ४५० एमटी एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो सोको अवसर पारेर बिक्री वितरण सुरु गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सिएफमोटो चाइनाका मार्केटिङ म्यानेजर गैरी देङ, ऋषि ट्रेड सेन्टरका प्रोपाइटर रोहिन अग्रवाल र जनरल म्यानेजर उज्वल जोशीले संयुक्तरूपमा सो कार्यको शुभारम्भ गरेका थिए ।

कम्पनीले नेपालमा यो मोटरसाइकलको मूल्य १२ लाख ४९ हजार नौ सय रुपैयाँ तोकेको छ । यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । अत्याधुनिक डिजाइन, शक्तिशाली पफर्मेन्स र उत्कृष्ट सुविधा भएको यो मोटरसाइकल रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । चार सय ४९ दशमलव पाँच सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, यसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएममा दिन्छ । कम्पनीका अनुसार सहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ । यसका साथै यसको तौल जम्मा एक सय ७५ केजी रहेको छ । बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ ।

कम्पनीले सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर ४५० एमटी निर्माण गरेको छ । बाइकमा डुअल च्यानल एबीएस रहेको छ, यसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ । साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यु मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईवी सस्पेन्सन रहेको छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x