Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारकेइको तीन मोडल सार्वजनिक

केइको तीन मोडल सार्वजनिक


काठमाडौं । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो सोमा आफ्ना तीन वटा मोडल सार्वजनिक गरेको छ । कम्पनीको स्टल नं एच–१६ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ई–क्यूट ०२, ०४ र इलेक्ट्रिक एसयूभी एक्सथ्री प्रो सार्वजनिक गरेका हुन् ।

साथै, कम्पनीले तीन वटै मोडलको बुकिङ खुलाएको छ । ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा २०० किमी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । यस्तै, यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी ई–क्युट ०४, तीन सय किमी रेन्जको मूल्य २४ लाख ९६ हजार छ । यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । तेस्रो मोडल एक्सथ्री प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३ दशमलव छ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र एक सय २० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

यस्तै, कम्पनीको नाडा स्पेसल अफरअन्तर्गत केइ गाडीको खरिदमा ग्राहक ले सात दशमलव तीन किलोवाटको वाल माउन्टेड चारजर, एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x