Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक


काठमाडौं  । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो सोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटीएफआई बिएससिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्टअन्तर्गत कलर आईडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् । साथै, ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइटजस्ता सुविधाहरू पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र दुई लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ । अन्य ब्रान्डका एक सय १० सीसीको मूल्य जति नै मूल्य रहेको एनटर्क एक सय २५ सीसीको यो भेरियन्ट यति धेरै फिचरका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ ।

टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस्को एक घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्रान्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ । एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरूले राइडरहरूलाई विशेष अनुभव प्रदान गर्नेछ ।

नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाई स्वाभाविकरूपमा आकर्षित गर्नेछ । नेपालभरका सबै आधिकारिक टीभीएस डिलरहरूमा तथा नाडा अटो सोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x