Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु

‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु


काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर एक रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरूले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’अन्तर्गत आइतबारदेखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन् ।

काठमाडौं उपत्यकाका साना–ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका तीन सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौंका असन, न्युरोड, कालिमाटी, वनस्थली, कुलेश्वर र चाबहिलमा ‘ह्युमन बिल्बोर्ड’ डुलाएर कपडा, फेसन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ । पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टाभित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिनभित्र समान डेलिभरी भइसक्ने पठाओले जनाएको छ ।

२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन् । पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आईओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरी सेवा लिन सक्नेछन् । त्यस्तै, पठाओ डट पार्सल डट कमबाट पनि एप डाउनलोड गर्न सकिन्छ । पठाओ पार्सलमा आबद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्यासबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ ।

डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टाभित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् । नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै ठूलो डेलिभरी कम्पनी भएको हमलको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x