Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनथिङ बन्यो संसारकै फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्रान्ड

नथिङ बन्यो संसारकै फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्रान्ड


काठमाडौं । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ ।

सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको कम्पनीले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा छ सय ९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको छ । यो अप्रत्यासित वृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु एको मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । स्मार्ट फोन डिजाइन निक्कै बोरिङ भएको र यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाइन गर्न आवश्यक रहेको भन्दै नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रूचाएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सो फोन विश्वबजारको तत्कालीन फ्ल्यागसिप किलर बन्न सफल भएको थियो । यस्तै, सो फोनको दोस्रो संस्कर फोन टुप्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रहेको कम्पनीले उल्लेख गरेको छ । नथिङले उही डिजाइन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ फोन टु ए विश्व बजारमा उतारेपछि ठूला स्मार्टफोन उत्पादकलाई नथिङ ठूलो चुनौती बन्ने देखिएको हो । भारतजस्तो मूल्यमा ज्यादै संवेदनशील बजारमा नथिङ फोन दुई ए एकैदिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भएको छ ।

यता नेपाली बजारमा पनि सिजी मोबाइलले नथिङलाई दुई महिना अगाडि आधिकारिकरूपमा लन्च गरेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भइसकेका छौँ’, सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ एकातर्फ प्रिमियम ब्रान्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामुखी छ । जसको उदाहरणको रूपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ ।’ उनका अनुसार वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।

नथिङले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत सात सय ६९ प्रतिशतको वृद्धि हासिल गरेको छ । टाढैबाट डिजाइनमा अलग देखिने नथिङले आफ्नो दोस्रो ब्रान्ड सीएमएफ सन् २०२३ मा लन्च गरेको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स तथा स्मार्टवाच समेत सीएमएफले उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x