पोखरामा व्यापार प्रवर्द्धनका लागि ‘दशैं उत्सव’
पोखरा । व्यापार प्रवर्द्धनका लागि पोखरामा ‘दशैँ उत्सव’ हुने भएको छ । पोखराको सर्वेश्वर र पराजुली मार्गका बजारमा ‘दशैँ उत्सव’ गरिने भएको हो ।
सर्वेश्वर–पराजुली मार्गका व्यवसायीको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले दशैँ, तिहार, नेपाल संवत, छठलगायतका पर्व लक्षित गरेर दशैँ उत्सव गर्न लागेको जनाएको छ । दशैँ उत्सवका लागि समितिले व्यवसायीसँग छलफल तथा अन्तरक्रिया समेत गरिसकेको छ । सो छलफलमा दशैँ उत्सवसँगै व्यापार प्रवर्द्धनका कार्यक्रमसमेत गर्नका लागि सुझाव लिइएको समितिका अध्यक्ष तुलबहादुर थापाले बताए । एक महिनासम्म सञ्चालन हुने सो उत्सवले सर्वेश्वर–पराजुली मार्गका व्यवसायलाई ब्रान्डिङ गर्ने थापा बताउँछन् । थापाका अनुसार सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकिझकाउ बनाउने, झिलीमिली बत्ती बालेर दुलहीझैँ सिंगारिनेछ । साथै, उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिने, सामान खरिदमा कुपन दिइने र चाडपर्व सकिएपश्चात चिठ्ठा खोलिने योजना रहेको छ ।
व्यापार प्रवर्द्धनका गतिविधि अघि बढाउन कास्की, स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा रेडियो, एफएमबाट सूचना प्रसारण गरिने समितिले जनाएको छ । सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, शृङ्गारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, ब्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समिति महासचिव विशाल अधिकारीले जानकारी दिए । होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वीरुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रूपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया