मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक
काठमाडौं । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।
२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहका बीच सार्वजनिक गरिएको हो । क्राउनको मूल्य अहिले बजार मूल्यअनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो । क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, ‘यो ताज केवल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो ।’ ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामण्डलको सौन्दर्यबाट प्रेरित छ ।
प्रिमियम ह्वाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमूल्य हिरा र ताराहरूको चमक झल्काउने अन्य रत्नहरूले सजिएको छ । डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रूपमा तारा मण्डलहरू राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ । यी तारामण्डलले विजेतालाई तारामन्डलजस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभई मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया