कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे
काठमाडौं । कत्था उत्पादकहरूको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ ।
यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरूमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलीप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरूको छाता संस्थाको रूपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरू आबद्ध रहेका छन् । वस्तु निकासीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौँलाई रोजगारी प्रदान गरिरहेको छ ।
गत आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालबाट दुई अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कुल निकासी व्यापारमा यस क्षेत्रको एक दशमलव चार प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरूले भारत, बंगलादेश, पाकिस्तानलगायतका छिमेकी मुलुकहरूमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम् भूमिका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया