भाइभ हेडफोनमा प्रि–लञ्च अफर
काठमाडौं । रक ब्रान्डले आफ्नो नवीनतम प्रोडक्ट भाइभ हेडफोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले सोही अवसरमा प्रि–लञ्च अफर समेत सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र बेजोड क्षमतासहितको भाइभ हेडफोन पहिलो पटक नेपालमा मंगलबार प्रि–लञ्च हुन लागेको हो ।
यस अवसरमा पाँच हजार पाँच सय रुपैयाँ पर्ने हेडफोनलाई मात्र एक हजार पाँच सय रुपैयाँमा उपलब्ध गराउने विशेष अफर राखिएको कम्पनीले जनाएको छ । यो अफर दराजमा मात्रै लागू हुनेछ । प्रि–लञ्चको दिनमा पहिलो एक सय जना भाग्यशाली ग्राहकहरूले सो अफरको फाइदा उठाउन सक्नेछन् । यस्तै, बुधबार यसको औपचारिकरूपमा लञ्च गरिनेछ । सो दिन पनि हेडफोन खरिद पर्ने पहिलो एक सय जनाले तीन हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यस हेडफोनमा सक्रिय आवाज रद्द फिचर, १० मिटर ट्रान्समिसन रेन्जको व्लुतुथ भर्सन पाँच दशमलव तीन, फोल्डएबल डिजाइन रहेको छ । साथै, चार सय एमएएच क्षमता भएको ब्याट्रीले यसमा ३० घण्टासम्म चार्ज टिक्नेछ ।
सार्वजनिकपश्चात यो हेडफोन ओलिज् स्टोर, दराज र रक टेक सपको वेबसाइटमा सजिलै उपलब्ध हुनेछ । साथै, कम्पनीले बुधबार नै थ्रिए टाइप सी टु टाइप सी, थ्रिए टाइप सी टु लाइटिङ र फाइभ ए टाइप सी टु टाइप सी केवलहरू पनि लन्च गर्ने जनाएको छ । आगामी दिनमा कम्पनीले पावर बैक, स्मार्ट वाच, एयरवड्स, स्पिकर र चार्जरजस्ता अत्याधुनिक प्रोडक्टहरू क्रमिकरूपमा नेपाली बजारमा प्रस्तुत गर्ने योजना बनाएको छ । रक ब्रान्डको यात्रा चारजना विशेषज्ञहरूको विचारशील नेतृत्वमा अघि बढिरहेको छ । सुवास न्यौपाने, रामराज खनाल, गोपाल निरौला र प्रदिप पौडेलले २०२४ मा रक टेक सप स्थापना गरेका हुन् । यसले नेपाली बजारमा नवीनतम प्रविधि र गुणस्तरीय उत्पादनहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया