Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व संकलन

यातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व संकलन


वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलन उत्साहप्रद रहेको बताए । कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सवारीचालक अनुमतिपत्रतर्फ भने १५ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन् ।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मधेश प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x