चितवनमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम
काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एक दिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । यही भदौ २९ गते शनिबार सिरेन बुटिक होटल चितवनमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।
घर निर्माण मात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शका लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै चितवनमा हुनेछन् । चितवनमा बनेका प्रायः नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्र्याकजस्ता समस्याहरू बढी देखिएकाले चितवन जिल्लामा यस कार्यक्रम आयोजना गरिएको चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मानसम्मान, प्रतिष्ठा र शोखको विषय बनेको कम्पनीका चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । जीवनभरको मेहनतको कमाइले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कनेजस्ता विविध समस्या देखिने गरेका छन् । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।
घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्नेछन् । घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिँदा विभिन्न किसिमका जोखिमहरू आउने गरेका छन् । यसको लागि घर निर्माण गर्नुपूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ । जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तरजस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु आवश्यक हुने उनले बताए ।
‘यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौँ भने यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने गर्छ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौँ साथसाथै प्रक्रियागत त्रुटिरहित हुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ’, उनले भने । यसका अतिरिक्त प्राकृतिक विपद्, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्छ । विगत सात वर्षदेखि घरका विभिन्न समस्याको चेकजाँच र वारेन्टीसहित समाधान दिँदै आइरहेको कम्पनीले समस्यारहित घर निर्माणका लागि यस्ता निःशुल्क परामर्शहरू दिने गरेको छ ।
कम्पनीले ४० हजारभन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत संस्थापक महेश तिमिल्सिना बताउँछन् । परामर्श कार्यक्रमबाट घर बनाउँदै गरेका अथवा बनाउन लागेका सबै घरधनीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन् । यस कार्यक्रममा सुरूमा बुक गर्ने २५ जना मात्रै सहभागी हुन पाइने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया