इन्टरनेट गभर्नेन्स र आइक्यान नीति केन्द्रित कार्यक्रम सञ्चालन
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले युवाहरूका लागि इन्टरनेट गभर्नेन्स र आइक्यान नीति केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । महासंघले हालै एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा इन्टरनेट गभर्नेन्स, आइक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेसेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो । आइक्यान र कोरिया इन्टरनेट एन्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेससम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्सजस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले एपिगाजस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्वपूर्ण प्रशिक्षण प्राप्त हुने बताए । कार्यक्रमका किनोट स्पिकर ई–गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य–सचिव ई दीपेश विष्टले डिजिटलाइजेसन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदान–प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । त्यसैगरी अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।
दुई दिने सो कार्यक्रममा सहभागीलाई आईक्यान नीतिनिर्माण प्रक्रियाका लागि मोडेल केस प्रदान गरिएको थियो । एपिगा नेपाल २०२४ का सहभागीले स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी संगठनका विशेषज्ञ वक्तासँग इन्टरनेट गभर्नेन्स र आईक्यान नीतिसम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सिकाइको अवसर पाएका थिए । त्यस्तै, कार्यक्रममार्फत इन्टरनेट गभर्नेन्स समुदायमा क्रियाशील व्यक्तित्वहरूसँग नजिकिने अवसर प्राप्त गरेका थिए । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्नका लागि बलियो आधार राखेको बताए । उनले नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपीहरू र अन्य मुख्य सरोकारवालाहरूबाट महत्वपूर्ण अन्तदृष्टि प्राप्त गरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया