ट्राभल एग्रिगेटर प्लेटफर्म ‘ट्रिप टर्बो’ सञ्चालनमा
काठमाडौं । अनलाइन ट्राभल एग्रिगेटर (ओटीए) प्लेटफर्म ’ट्रिप टर्बो’ सञ्चालनमा आएको छ । प्लेटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एन्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङलगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए ।
साहसिक पर्यटनतर्फ र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङलगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ । ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एन्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा तीन सय रूपैयाँ र त्यसपछिका टिकटमा दुई सय रूपैयाँ छुट समेत पाइने बताइएको छ ।
परीक्षणका रूपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्णरूपमा सञ्चालनमा आएको हो । एपमार्फत कुनै पनि सेवा लिँदा इ–सेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तर्राष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ ।
प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन तथा नेपाली संस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो ।
ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तर्राष्ट्रिय हवाई उडानको टिकट, अन्तर्राष्ट्रिय होटल बुकिङलगायतका सुविधा थप गरिने बताइएको छ । एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया