रियलमीको डिलर्स मिट
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मिट हालै सम्पन्न गरेको छ । गत शुक्रबार काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मिटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिलरसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिलर्स मिटको आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै, डिलर्सहरूसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ । डिलर्स मिटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, मुनिश गिरी छैठौँ डिलर्सहरू नै ब्रान्डको मेरुदण्ड भएको बताए । ‘तपाईंहरूको उत्साह, विश्वास र लगनशीलताको प्रतिफलस्वरूप यो वर्ष हामीले उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौँ’, उनले भने । भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएको उनले बताए । आगामी वर्षहरूमा अझ ठूलो उचाइमा पुग्ने र नेपाली प्रविधिमा नयाँ आयाम थप्दै अझै प्रतिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ थियो ।
डिलर्स मिटको सुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरूका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया