Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडोङफेङ नामीको सोरुम नक्सालमा खुल्दै

डोङफेङ नामीको सोरुम नक्सालमा खुल्दै


काठमाडौं । नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुपले काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक सोरुम खुल्ने तयारीमा रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार आगामी अक्टोबरको अन्त्यमा उक्त सोरुम तयार हुनेछ ।

हालका लागि नक्सालमा अवस्थित सेरेस सोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने छन् । नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्ररूपमा भइरहेको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यकाबाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र बिर्तामोडमा विस्तार गर्ने योजना छ ।

हालै सम्पन्न नाडा अटो सो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरूबाट निकै नै प्रशंसा र माया पाएको थियो ।

प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापकरूपमा प्रशंसा पाइरहेको कम्पनीले जनाएको छ । नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास छ । कम्पनीले यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x