Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्राइभर पार्टनर्सका लागि इन्ड्राइभको विशेष घोषणा

ड्राइभर पार्टनर्सका लागि इन्ड्राइभको विशेष घोषणा


काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिसिएटिभ घोषणा गरेको छ । यो इनिसिएटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गर्नेमा केन्द्रित रहेको छ ।

इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरू र उनीहरूका छोराछोरीहरूलाई जुत्ता र टि–सर्टलगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ । मर्चेन्डाइज उपहारको अतिरिक्त बालबालिकाहरूका लागि एउटा ट्रेनिङ सेसनको पनि आयोजना गरेको थियो । यो सेसन युवा मस्तिष्कलाई इन्साइट र दक्षता प्रदान गरेर सशक्तीकरण र प्रेरित गर्न डिजाइन गरिएको हो । यो ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पुर्याउने बताइएको छ । इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूका लागि उपहारको पनि आयोजना गरिरहेको जनाएको छ ।

यस अन्तर्गत योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन् । यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुई वटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ । इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले इन्ड्राइभको सफलता भनेको चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको बताइन् । यो इनिसिएटिभ ड्राइभर पार्टनर्सहरूलाई मात्र नभई उनीहरूका परिवारको संलग्नताका लागि पनि केन्द्रित रहेको र यसले इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउने अपेक्षा गरेको बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x