Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघ र ट्रेड युनियनबीचको समस्या समाधान गर्न फोरम

महासंघ र ट्रेड युनियनबीचको समस्या समाधान गर्न फोरम


काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । दुई संस्थाबीच हालै महासंघ सचिवालय, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । यस्तै, बैठकमा जेटीयूसीसीका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नुका साथै आगामी दिनहरूमा आउन सक्ने चुनौतीहरूको दुईपक्षरूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने बताए । यस्तै, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै लैजान जरुरी रहेको उल्लेख गरे ।

यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि वचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुईपक्षीय रूपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्नु जरुरी रहेको उनको भनाइ थियो । महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताईन् । साथै, दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्यौल गरिनुपर्ने विषयमा छलफल बैठक आयोजना हुनुपर्नेमा जोड दिइन् ।

बैठकमा दुईपक्षीयरूपमा समाधान हुन सक्ने कुनै पनि समस्याहरू लिएर सरकारसँग जानु अगाडि दुई पक्षका बीच छलफल हुनुपर्नेमा जोड दिइएको थियो । साथै, अन्तर्राष्ट्रिय अभिसन्धिहरू पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरुरी रहेको बताइएका थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x