एलजीका उत्पादनमा क्यासब्याक अफर
काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले ‘एलजीसँग खुसीको पल’ नामक योजना अघि सारेको छ । दशैँ तिहारलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सकिनेछ ।
एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै, एलजी साइड बाई साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरभन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर पाइने कम्पनीले जनाएको छ ।
एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा छ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा चार केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा दुई प्याकेट डिसवासर किट पाइनेछ भने एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले फ्रि इन्स्टलेसन सेवा पाउनेछन् । नेपाली उपभोक्तालाई एलजी उत्पादनमार्फत गुणस्तरीय अनुभव प्रदान गर्न कम्पनी सधैँ प्रतिबद्ध रहेको बताइएको छ ।
यसका साथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्रि एलजी सर्टिफाइड इन्स्ट्लेसन र फ्रि डेलिभरी पनि रहेको छ । यो योजना आइतबारदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया