Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फोडेभलपर्स र आदिम कलेजबीच सम्झौता

इन्फोडेभलपर्स र आदिम कलेजबीच सम्झौता


काठमाडौं । सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि र आदिम कलेजबीच उद्योग–शिक्षा सहकार्यलाई प्रवद्र्धन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक अवसरलाई वृद्धि गर्ने जनाइएको छ ।

सम्झौताअनुसार आदिम कलेजका विद्यार्थीहरूले इन्फोडेभलपर्समा इन्टर्नसिप, जागिरका अवसरहरू र व्यावसायिक विकासका कार्यक्रमहरूमा सहभागिता जनाउन पाउनेछन् । यसका साथै, कार्यशाला, सेमिनार र विभिन्न सम्मेलनहरू समेत आयोजना गरिनेछ । सम्झौतामा आदिम कलेजका सीईओ शंकर प्रसाद शर्मा र इन्फोडेभलपर्सका एचआर प्रबन्धक प्रयास राजोपाध्यायले हस्ताक्षर गरेका छन् । यस अवसरमा इन्फोडेभलपर्सका मार्केटिङ प्रमुख रेशम भण्डारी र वन कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीको समेत उपस्थिति रहेको थियो । सम्झौताले विद्यार्थीलाई एआई, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र सफ्टवेयर विकासजस्ता विषयमा व्यावहारिक अनुभव र ज्ञान प्रदान गर्नेछ ।

आदिम कलेजका सीईओ शंकरप्रसाद शर्माले सम्झौताले विद्यार्थीलाई उद्योगसँग जोड्न र उनीहरूको करियरलाई अघि बढाउन ठूलो योगदान पुर्याउने बताए । यो सहकार्यले विद्यार्थीहरूलाई नयाँ ज्ञान, सीप र अवसरहरू प्रदान गर्दै उनीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x