Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने


काठमाडौं । राजधानीमा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने अभिप्रायसहित आउँदो असोज ५ गते शनिबारका दिन कार्यक्रम हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुने कार्यक्रम विशेषतः कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ । वैदेशिक शिक्षा अध्ययनमा देखापरेका समस्या, विदेश पुगेपछि भोग्नुपरेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगीलगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् । कलाकार राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक हिमाल मल्टिमिडिया प्रालिले जनाएको छ ।

कार्यक्रममा कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधारसहित र विदेश पढ्न जाने योजना भएकालाई आवश्यक पर्ने योजना र मनोविज्ञानका विषयमा समेत छलफल रहने छ । हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x