Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसूचना प्रविधि ह्याकाथोन असोजमा

सूचना प्रविधि ह्याकाथोन असोजमा


काठमाडौं । कोड फर चेन्जले नेपालकै ठूलो सूचना प्रविधि क्षेत्रको ह्याकाथोनको रूपमा परिचित ‘कोडफेस्ट २०२४’ को तेस्रो संस्करण आयोजना गर्न लागेको छ । कोडफेस्ट २०२४ असोज २ देखि १३ गतेसम्म प्रदेशस्तरमा हुनेछ भने राष्ट्रियस्तरको फाइनल असोज २९ देखि कार्तिक १ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

‘कोडफेस्ट २०२४’मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित प्राविधिक समस्याको समाधान विकास गर्नेछन् । कोडफेस्टमा गुड हेल्थ एन्ड वेल बिइङ, क्वालिटी एजुकेसन, जेन्डर इक्युलिटी, इन्डस्ट्री इनोभेसन एन्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन र पिस जस्टिस एन्ड स्ट्रोङ इन्स्टिच्युसनका क्षेत्रका चुनौतीहरूको समाधान निकाल्न विद्यार्थीलाई प्रोत्साहित गरिनेछ । ह्याकाथोनको पहिलो चरणमा असोज २ देखि १३ गतेसम्म सातै प्रदेशमा प्रदेशस्तरीय प्रतियोगिता हुनेछ, यसबाट २१ उत्कृष्ट टोलीहरू राष्ट्रियस्तरको फाइनलका लागि छनोट हुनेछन् । असोज २९, ३० र कार्तिक १ गते काठमाडौंमा हुने फाइनलमा २१ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा आउने टिमहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ जित्नेछन् । साथै, पिपल्स च्वाइस अवार्डअन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट्स, स्मार्टफोन र अन्य गिफ्ट ह्याम्पर्स पनि प्रदान गरिने आयोजकले जनाएको छ । कोडफेस्ट २०२४ विद्यार्थीहरूका लागि आफ्नो प्रविधिक ज्ञानलाई प्रदर्शन गर्ने र करियरसम्बन्धी ज्ञान लिने सुनौलो अवसर हुने आयोजकले विश्वास लिएको छ । ह्याकाथोनमा विद्यार्थीबाट प्रस्तुत हुने उत्कृष्ट व्यावहारिक आईडियाहरूलाई इनक्युबेसन वा लगानीको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x