Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशी लिड्स आइकनका लागि २७ जना छनोट

शी लिड्स आइकनका लागि २७ जना छनोट


काठमाडौं । कल्प इम्पावर विमेन नेपालले शी लिड्स आइकनका लागि २७ जना महिला जनप्रतिनिधि छनोट गरेको छ । काठमाडौंस्थित बुद्धनगरमा एक पत्रकार सम्मेलन गरी आयोजकले शी लिड्स आइकनका लागि छनोट भएका २७ जना महिला जनप्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।

महिला जनप्रतिनिधिको योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरू छनोट गरिएको छ । प्रतिस्पर्धाको लागि खुलारूपमा महिला जनप्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको थियो । आयोजकका अनुसार कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिको आवेदन दिएका थिए ।

स्थानीय तहका एक सय ४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएकोमा एक सय २८ जना महिला जनप्रतिनिधिहरू प्रतिस्पर्धामा समावेश थिए । राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडडद्राको निर्णायक मण्डलले उनीहरूमध्येबाट २७ जना छनोट गरेका हुन् ।

आयोजकका अनुसार छनोट भएका २७ जनालाई २० दिनको समय दिएर जनमतका लागि लगिने छ । त्यसमध्ये तीन जनालाई विजेता घोषणा गर्दै तीन जना आइकनको कार्यस्थलमा पुगी प्राविधिक टोलीसहित वृत्तचित्र तयार पारिने छ । यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मद्दतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रदर्शन गरिने र सोबारे जनमत संकलन गरिनेछ । साथै, विशिष्टिकृत अग्रताको आधारमा शी लिड्स आइकनलाई राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरी
सम्मान गरिनेछ ।

संस्थाका अध्यक्ष पूजा कोइरालाका अनुसार ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने तीन जना महिला जनप्रतिनिधिलाई संस्थाले सम्मान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x