Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनवप्रवर्तन उद्यमलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने

नवप्रवर्तन उद्यमलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवप्रवर्तन उद्यमशीलताका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको ‘स्टार्ट–अफ एन्ड इनोभेसन’ समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा नवप्रवर्तन उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरे । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने जनाइएको छ । यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचारप्रसार गर्ने सम्बन्धमा सहमति भएको हो ।

सम्झौता कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नवप्रवर्तन उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्ट–अप एन्ड इनोभेसन समितिमार्फत काम गरिरहेको अग्रवालले बताए । स्टार्ट–अप एन्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवालाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x