Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च सार्वजनिक

नेपालमा अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च सार्वजनिक


काठमाडौं । एभरेडी इन्डस्ट्रिज इण्डिया लि. नेपालमा ब्याट्री र टर्चलाइटको बजार विस्तार गरेको छ । कम्पनीले नेपालमा आफ्नो पछिल्लो आविष्कारहरू नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।

काठमाडौंको ह्यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरूले एभरेडीको उत्कृष्टता, अनुसन्धान र सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीले जनाएको छ । एभरेडीले ‘खेलिन्छ त सिकिन्छ’ भन्ने अभियानमार्फत् अल्टिमा अल्कालाइन ब्याट्रीहरू प्रस्तुत गरेको हो । कम्पनीको नयाँ अल्टिमा शृङ्खलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने ब्याट्रीहरू आठ सय प्रतिशत लामो कार्यसम्पादन दिने अल्टिमा प्रोका साथ प्रभावशाली शक्ति क्षमताहरू प्रदान गर्छ । खेलौनाहरू, भिडियो गेमहरू र चिकित्सकीय औजारजस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरूका लागि विशेषरूपमा डिजाइन गरिएको यी ब्याट्रीहरू अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन् ।

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चमा एक सय डेसिबल एसओएस अलार्म, युएसबी टाइप–बिको चार्जिङ र विभिन्नथरीका प्रकाश फ्याक्ने विशेषताहरू छन् । सम्मेलनमा एभरेडी इन्डस्ट्रिज एन्डिया लिमिटेडका एसबीयु प्रमुख (ब्याट्रिज एन्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष, अनिर्वान बेनर्जीले नेपालमा यी उत्पादनहरूको बिक्री वितरण सुरु हुनुले नेपाली बजारलाई नवीन खोज र धेरै समय चल्ने शक्तिप्रवर्द्धन गर्ने अत्याधुनिक समाधानहरू मिलेको बताए । अल्कालाइन ब्याट्रीहरूमा चार सयदेखि आठ सय प्रतिशतसम्मको दीर्घजीवन रहेको उनको भनाइ छ । उनका अनुसार यी उत्पादनहरू उच्च खपत गर्ने उपकरणहरूका लागि एकदम सही छन् ।

दुवै उत्पादनहरूले एभरेडीले लिँदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणलाई प्रस्तुत गरेका छन् । अल्टिमा ब्याट्री पारो, सिसा र क्याडमियमजस्तो वातावरणमा नकारात्मक असर पार्ने तत्वहरूबाट मुक्त छ भने साइरन टर्च महिलाहरूको सुरक्षा सुनिश्चित गर्न र आपत्को समयमा उनीहरू आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x