Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलर्ड बुद्ध एजुकेसन फाउन्डेसनका ६० विद्यार्थीले पाए रोजगारी

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका ६० विद्यार्थीले पाए रोजगारी


काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आईटी कम्पनीमा रोजगारी पाएका छन् ।

छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आईटी कम्पनीहरू र करिब एक सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए ।

प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले उम्मेदवार को क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए । शिक्षा र उद्योगबीचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउन्डेसनका अध्यक्ष पज जालानले जानकारी दिए । ‘हामी हाम्रा विद्यार्थीहरू र यस वर्षको प्लेसमेन्ट ड्राइभको सफलताप्रति सन्तुष्ट छौँ’, अध्यक्ष जालानले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x