Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ग्रिन इनर्जी नै अबको भविष्य’

‘ग्रिन इनर्जी नै अबको भविष्य’


काठमाडौं । हुवावे टेक्नोलोजीका डिजिटल स्मार्ट पीभीका अध्यक्ष चेन योङले संसारका सबै देशले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेकाले अब ग्रिन ट्रान्सफरमेसनको विकल्प नभएको बताए । काठमाडौंमा आयोजना भएको दुई दिने नेपाल पूर्वाधार सम्मेलनमा ‘स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेसन’ शीर्षकमा अध्ययन प्रस्तुत गर्दै उनले ग्रिन इनर्जी नै अबको भविष्य भएको उल्लेख गरे ।

उनका अनुसार विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन, आईसीटी टेक्नोलोजी, ग्रिन पावर जेनेरेसन, इनर्जी इन्टरनेट, मोबिलिटी इलेक्ट्रिफिकेसन, ग्रिन आईटीसी पावर पूर्वाधारमा हुवावेले लगानी गरिरहेको छ । उनले ह्वावेले वैश्विक ऊर्जा रूपान्तरणमा डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा सहयोग गर्ने बताए । ‘वैश्विक ऊर्जा परिदृश्य द्रूत गतिमा परिवर्तन भइरहेको छ । जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो’, उनले भने, ‘ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन ऊर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेसनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ ।’

यस्तै, उनले कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे । ह्वावे डिजिटल पावरको सम्मेलनमा सहभागिताले यसको स्मार्ट पीभी र ईएसएस सोलुसन्सहरूको माध्यमबाट नेपालको हरित ऊर्जा संक्रमणमा यसको योगदानलाई स्पष्ट पारेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x