Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचेम्बर लुम्बिनीले तीन वर्षे प्रादेशिक रणनीति बनाउने

चेम्बर लुम्बिनीले तीन वर्षे प्रादेशिक रणनीति बनाउने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले तीन वर्षे प्रादेशिक रणनीति बनाउने भएको छ । सो कार्यका लागि चेम्बर लुम्बिनीले रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनबाट सुरु गरेको छ । चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरी रणनीतिक योजना बनाइने जानकारी दिए । चेम्बर लुम्बिनीले गत बिहीबार आयोजना गरेको सो कार्यशालाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनसहित सिङ्गो पाल्पाको पर्यटन र व्यावसायिक प्रवद्र्धनका लागि सहयोग गर्न आह्वान गरे । तानसेनमा पर्यटन क्षेत्रको अपार सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । बुटवल–पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारहरू निर्माण गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यावसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताए । परम्परागतभन्दा भिन्न गतिविधि गरेर यसपालि चेम्बरले आफ्ना गतिविधि गर्ने उनको भनाइ थियो । चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिति र विभिन्न जिल्ला र नगरकार्यसमितिका अध्यक्षहरू उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरूले गर्ने कार्यक्रमको रणनीति बनाइँदैछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x