‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुखसँगको भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताए ।
नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न पनि उनले कोषलाई आग्रह गरे । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ’, उनले भने, ‘सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ ।’ ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र व्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने उल्लेख गरे । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने पनि विश्वास व्यक्त गरे ।
पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठ वटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको उनले जानकारी गराए । यसैगरी उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । भेटका क्रममा मिसन प्रमुख सरवत जहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया