Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित


पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । कार्कीले अर्जुन पोखरेललाई चार सय ८८ मन्तान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्कीले एक हजार तीन सय ३९ मत प्राप्त गर्दा पोखरेलले आठ सय ५१ मत प्राप्त गरे । पोखरेल ३४औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । उनीहरू प्यानलसहित निर्वाचनमा होमिएका थिए । अध्यक्ष, उपमहासचिव र केही सदस्यबाहेक पदाधिकारी र अधिकांश सदस्य पदमा भने पोखरेल समूहबाटै विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सबै पोखरेल समूहका हुन् ।

यस्तै, उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी भएका छन् । उनले बालकृष्ण कोइरालालाई पराजित गरे । प्रधानाङ्गले एक हजार एक सय ७७ मत र कोइरालाले एक हजार ४७ मत प्राप्त गरे । कोइराला अर्जुन पोखरेलको समूहबाट चुनावी मैदानमा होमिएका थिए भने प्रधानाङ्गले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । यसैगरी खुला सदस्यमा ललितबहादुर कुँवर एक हजार पाँच सय ३९, देवेन्द्र प्रजु एक हजार पाँच सय १६, सौगात थापा एक हजार चार सय ९४, दूधमान गुरुङ (आशीष) एक हजार चार सय ६८ र भीम गौतम एक हजार चार ३९ मत ल्याएर विजयी भए ।

यस्तै, टिकाराम सुवेदी (माधव) एक हजार तीन सय ९४, जीवनप्रकाश श्रेष्ठ एक हजार तीन सय ८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) एक हजार तीन सय ७५, प्रदीप राजभण्डारी एक हजार तीन सय ७० र यादवप्रसाद पोखरेल एक हजार तीन मत ल्याएर विजयी भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा वस्तुगततर्फबाट सूर्य घिमिरे (मदिरा) २२, दुर्गा बराल (कस्मेटिक) २१, पृथ्वीराज तिमिल्सिना २० र नवीन नापित (कपडा) १४ मतका साथ विजयी भएका छन् । नापित र दीपेन्द्र कोइरालाको समान १४÷१४ मत आएपछि गोलाप्रथा गरिएकामा नापित विजयी भए । संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । संघमा दुई हजार नौ सय सात जना सदस्य मतदाता रहेकामा दुई हजार दुई सय ५१ सदस्यले मतदान गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x