Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न


काठमाडौं । टोस्ट मास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । हालै काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब तीन सय सदस्यहरू उपस्थित रहेका थिए । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएको कम्पनीले जनाएका छ ।

‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेसनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा एक सय वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने जनाइएको छ । टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तिलाई सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ भूषण दाहाललाई प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा हिन्दु पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक थिए । कार्यक्रममा टोस्टमास्टर्स इन्टरनेसनलको डिस्ट्रिक्ट ४१ कि डिस्ट्रिक्ट डाइरेक्टर मुन प्रधानले यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदायबीचको एकताको भावनालाई प्रस्तुत गरेको बताए । साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रै सदस्यहरूको नृत्य र गायनलगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामूहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए । यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैँ नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमहरूप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x