Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने


काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । यही असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरूले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्ट्स नेपाल क्लबले लिएको छ ।

प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन पाँच गते प्रतियोगिता हुने डिस्ट्रिक्ट ३२५ जेका स्पोर्ट्स चिफ लायन अनिल कुमार बरालले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पीआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।

समाजसेवामा सक्रिय लायन्स क्लबले युवा सशक्तीकरणमा जोड दिँदै मोटर स्पोर्ट्सको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिस्ट्रिक्ट स्पोर्ट्सको चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x