Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रिटेलर्स मिट

शाओमीको रिटेलर्स मिट


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो वार्षिक रिटेलर्स मिट सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना रिटेलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको हायात रेजेन्सीबाट भदौ २४ गतेदेखि सुरु भएको यस वर्षको रिटेलर्र्स मिटको क्रमशः भदौ २६ मा इटहरी, भदौ २८ मा नेपालगञ्ज र भदौ ३० मा पोखरामा आयोजना भएको कम्पनीले जनाएको छ । देशभर रहेका आफ्ना रिटेलरहरूसँग सहकार्य गर्नुका साथै अहिलेसम्म हासिल गरेका उपलब्धिहरू मनाउने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको शाओमीले जानकारी दिएको छ । रिटेलर्र्स मिटमा लाइभ म्युजिक, नृत्य प्रस्तुतिहरू र अन्य अन्तक्र्रियात्मक क्रियाकलापहरू राखिएका थिए । यस रिटेलर्स मिटले देशभरका रिटेलरलाई शाओमीको लिडरसिप टिमसँग अन्तर्क्रिया गर्न, बजारस्थितिको बारीमा छलफल गर्न र नयाँ अवसरहरूको खोजी गर्ने मौका दिएको छ । यस रिटेलर्स मिटले शाओमी ब्रान्ड र यसको रिटेलर नेटवर्क दुवैलाई निरन्तर संवादमा रहन तथा विभिन्न समस्याहरूको समाधानमा सहकार्य गर्न मद्दत पुर्याएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x