Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम’ योजना

‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम’ योजना


काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको छ । कम्पनीले हरेक वर्षजस्तै दशैँ, तिहार र छठ पूजालाई लक्षित गरी असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुने गरी सो योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकले स्क्रयाच कार्डमार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट प्राप्त गर्नेछन् । साथै, बम्पर इनाममा एक लाख, दुई लाख र चार लाख नगद जित्ने थप तिन मौकाहरू प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । बम्पर इनाम, तीन जना भाग्यशाली विजेतालाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी प्रदान गरिने व्यवस्था गरिएको छ । यसका साथै, लक्की ड्रमार्फत दिइने नगद इनाम अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुनेछ ।

कम्पनीले ल्याएको यस वर्षको योजना, महिन्द्रा ट्र्याक्टर मुख्य प्रायोजक रहेको, प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग पनि जोडिएको छ । चलचित्रमा मुख्य भूमिकमा रहेकी अभिनेत्री स्वस्तिमा खड्का यसै चलचित्रमार्फत निर्माताका रूपमा डेब्यु गर्दैछिन् । चलचित्र घटस्थापनाको दिनमा देशभर प्रदर्शन हुने तालिका रहेको छ । यस योजनामार्फत महिन्द्रा ट्रयाक्टरले नयाँ ट्र्याक्टर ग्राहकहरूलाई ट्रयाक्टर खरिदमा विभिन्न छुट तथा इनाम प्रदान गर्दै चाडपर्वको माहोलमा अझ उमङ्ग थप्ने र सम्बन्ध प्रगाढ बनाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x