Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदशैंमा १० सुनको सिक्का जित्ने अफर

दशैंमा १० सुनको सिक्का जित्ने अफर


काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकले १०–१० ग्रामका १० सुनका सिक्का जित्ने अवसर प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यो अफर सीजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्यरूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ । यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ । यो योजना सीमित अवधिको लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x