Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा जुमको रोड सो

काठमाडौंमा जुमको रोड सो


काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’का बारेमा हालै काठमाडांैमा एउटा अन्तर्क्रिया आयोजना गरेको छ ।

‘कृत्रिम बौद्धिकता’ (एआई)लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि करोडौँ मानिसहरूले रोजगारी गुमाउन सक्ने आशंका गरिँदै गर्दा कामको भविष्य तथा नवपरिवर्तनमा आधारित डिजिटल सलुसनबारे छलफल गर्न उक्त अन्तक्र्रिया आयोजना गरिएको थियो । गत साता काठमाडौंस्थित होटेल म्यारियटमा आयोजित कार्यक्रममा सूचना प्रविधि विज्ञहरू, विभिन्न कम्पनीका नेतृत्व तथा सूचना प्रविधिको क्षेत्रमा भइरहेको पछिल्लो प्रगतिको बारेमा जानकारी राख्न इच्छुक जिज्ञासुहरू सहभागी भएका थिए । कार्यक्रममा आधुनिक कार्य स्थल र पछिल्लो प्रविधिबारे जानकारीमूलक प्रस्तुति, अन्तरक्रियात्मक डेमो र छलफल गरिएका थिए ।

कार्यक्रममा जेनेस सलुशनका निर्देशक श्री प्रसाद भण्डारीले जुमले सिक्न, काम गर्न र एक आपसमा सहकार्य गर्न निकै सजिलो बनाइ दिएको बताए । उनले नेपालमा जुमको रिसेलरका रूपमा सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन आफूहरू लागिपरेको पनि उल्लेख गरे । जुमको मिड मार्केट सेल्सकी निर्देशक स्वाती अग्रवालले एउटा मिटिङ प्ल्याटफर्मको रूपमा सुरु गरिएको जुममा अहिले संसारभरिका व्यवसायलाई मद्दत पुग्ने गरी थुप्रै फिचरहरू थप गरिएको बताइन् । उनले ‘सन् २०२४ मा जुम’ विषयक प्रस्तुति दिँदै ‘कन्ट्याक्ट सेन्टर’ उद्योगलाई नै उथलपुथल गर्न सक्ने ठानिएको ‘मल्टीकास’जस्ता जुमका नयाँ फिचर एवं नवप्रवर्तनमा आधारित सेवाहरूबारे जानकारी दिइन् ।

‘एक्जिक्युटिभ ब्रिफिङ सेन्टर’को भर्चुअल डेमो सेसनमा शैलेश रंगारी तथा चन्द्रमुली टिजेले जुमले विकास गरेका ‘वर्कभाइभो’जस्ता एप्लिकेसनलगायत जुममा कृत्रिम बौद्धिकताको संयोजनबारे जानकारी गराएका थिए । उक्त कार्यक्रमको प्रमुख आकर्षणको रूपमा ‘भविष्यको काममा कसरी जोडिने र फाइदा लिने’ विषयमा विज्ञ तथा सहभागीहरूबीच छलफल रहेको थियो । उक्त सत्रमा प्रस्तोताहरूले कार्यस्थलको पछिल्लो प्रवृत्ति, उत्पादनशीलता बढाउने रणनीतिहरू र हाइब्रिड वातावरणमा सहकार्य तथा कल्याणमा प्रविधिको भूमिकाबारे प्रस्तुति दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x