Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने

नेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने


काठमाडौं । ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का छ विजेता विद्यार्थीहरूले यही सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।

यसले युवा विद्यार्थीहरूलाई डिजिटल नवीनता र सामाजिक समृद्धिमा योगदान पु¥याउन सहयोग गर्ने कम्पनीले जनाएको छ । कडा प्रतिस्पर्धा र मूल्याङ्कन प्रक्रियापछि छ विद्यार्थीहरू आशीष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की करिब तीन सयभन्दा बढी आवेदकहरूबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन र वास्तविक व्यावसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै, उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यावसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागिता जनाउनेछन् । प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने र तीव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आईसीटीको भूमिका अझ गहिरोरूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x