शाओमीको ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर
काठमाडौं । शाओमीले नेपालमा चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ ।
यस चाडपर्व विशेष अफर भदौ ३० देखि कार्तिक ३० सम्म लागू हुनेछ । रेड्मी नोट १३ अब अफरअनुसार नयाँ मूल्य ६/१२८ जीबीको २३ हजार चार सय ९९ रुपैयाँ र ८/२५६ जीबीको २७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यस्तै, रेड्मी नोट १३ प्रोको ८/२५६ जीबीको ३२ हजार नौ सय ९९ रुपैयाँ र १२/५१२ जीबीको ३५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रेड्मी नोट १३ प्रो प्लस ५ जी ८/२५६ जीबीको अफर मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ र १२/५१२ जीबीको ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार रेड्मी नोट १३ मा एक सय २० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, एक सय आठ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसरमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड डिस्प्ले, आईपी ६८ रेटिङ भएको हुँदा धुलो र पानीबाट पनि बचाउँछ । यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया