एनसेलद्वारा सञ्चार सेवा सुनिश्चित गर्न नि:शुल्क डेटा
काठमाडौं । एनसेलले शनिबार बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ । सञ्चार सेवा सुनिश्चत गर्न बाढीपहिरो प्रभावित क्षेत्रमा सो सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले सो सेवा सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ । निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्याङ्कन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्नेछ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
‘एक करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सीमित नभई यो सेवाको मद्दले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरूसँग सम्पर्कमा रहिरहून् भन्ने हो’ कम्पनीले भनेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
- श्रीलङ्का टापुमा बाढीका कारण फसेका २५ जनाको उद्धार
- प्राकृतिक विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
- साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
- बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
- कोसीमा पानीको बहाव घट्दै
- २४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया