Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध

शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भूत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ ।

शाओमीले रेड्मी १३ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी मा छ दशमलव ८८ इन्चको डट ड्रप डिस्प्लेसहित एक सय २० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ र गेमिङ प्रदर्शन सुनिश्चित गर्दछ । यस्तै, कोर्टेक्स–ए७५ र कोर्टेक्स–ए५५ कोरको विशेषता भएको अक्टा–कोर सीपीयूको साथ यस स्मार्टफोनले उत्तम मल्टिटास्किङ सुनिश्चित गर्छ भने गेमिङ, ब्राउजिङ र सोसल मिडियाको प्रयोगका लागि उत्कृष्ट प्रदर्शन प्रदान गर्छ । माली–जी५२ एमसी २ जीपीयूको साथ यस स्मार्टफोनले सहजै ग्राफिक सम्बन्धित कार्यहरू ह्यान्डल गर्न सक्छ ।

यो स्मार्टफोनमा रहेको ५० एमपी एआई डुअल क्यामेरा र १३ एमपी सेल्फी क्यामेराले फोटोग्राफी उत्साहीहरूलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । मुख्य क्यामेरामा एक दशमलव आठको एपेरेचर भएकाले यसले उज्यालो र स्पष्ट तस्वीरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले एचडीआर, नाइट मोड र पोट्रेट मोडले प्रयोगकर्ताहरूलाई थप विकल्पहरू प्रदान गर्छ । अगाडिको १३ एमपी सेल्फी क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्छ । रेड्मी १४सी ५१६० यम एमएच ब्याट्रीबाट सञ्चालित यस स्मार्टफोनले लामो समयसम्मको प्रयोग सुनिश्चित गर्छ । ब्राउजिङ, गेमिङ वा भिडियो हेर्नेका लागि ब्याट्रीले २२ घण्टासम्मको भिडियो प्लेब्याकलाई समर्थन गर्छ । १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको यो स्मार्टफोनले प्रयोगकर्ताहरूलाई लामो प्रतीक्षाविना छिटो रिचार्ज गर्न मद्दत दिन्छ ।

रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रिनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ । ४/१२८ जीबी, ६/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सीको मूल्य क्रमशः १३ हजार नौ सय ९९ रुपैयाँ, १५ हजार नौ सय ९९ रुपैयाँ र १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x