इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई–स्कुटर प्रदान
काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई दुई वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरूलाई काठमाडौं म्याराथनअन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पीआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेको हो ।
योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो । जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ । उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामूहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए । विजेताहरूलाई प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाएबापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौँ म्याराथनका लागि तयार पार्न मद्धत गरेको छ । यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरूको परिवारको निम्ति सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
- श्रीलङ्का टापुमा बाढीका कारण फसेका २५ जनाको उद्धार
- प्राकृतिक विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
- साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
- बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
- कोसीमा पानीको बहाव घट्दै
- २४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया