Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेडक्रस सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि प्रयोग भएन

रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि प्रयोग भएन


महेन्द्र शाही
सोलुखुम्बु, असार १९
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि सदरमुकाम सल्लेरीको सडकमा बेवारिसे अवस्थामा रहेको छ । भारतीय दूतावासद्वारा करिब ११ वर्षअघि रेडक्रसलाई सहयोगस्वरुप प्राप्त भएको एम्बुलेन्स करिब दुई वर्षदेखि सल्लेरीको सडकमा बेवारिसे बनेको हो । बिग्रेको एम्बुलेन्स मर्मत गर्नुको साटो सडकको भित्तामा राखिएको छ । यसलाई मर्मत गर्नका लागि पनि दाताको खोजी भइरहेको बताइएको छ । दाताले दिएको सामान मर्मत गर्नका लागि पनि दाता नै खोज्नुपर्ने अवस्था आउनु दुःखद भएको स्थानीयको भनाइ छ ।

बा.७च ३८५७ नम्बरको एम्बुलेन्स जिल्लाकै पहिलो एम्बुलेन्स हो । उक्त एम्बुलेन्स भारतले आफ्नो स्वतन्त्रताको उपलक्ष्यमा वि.सं. २०५५ साल फागुनमा रेडक्रस सोसाइटी सोलुखुम्बुलाई हस्तान्तरण गरेको थियो । यो एम्बुलेन्स भारतीय दूतावासले सहयोग गरेको रेडक्रस सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठले जानकारी दिए । करिब नौ वर्ष सञ्चालन भएको एम्बुलेन्स मर्मतका लागि ठूलो धनराशि खर्च हुने भएकाले दाताको खोजीमा रहेको रेडक्रस जिल्ला शाखा सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठको भनाइ छ । उनका अनुसार उक्त एम्बुलेन्स मर्मतका लागि छ लाख ४१ हजारबराबरको लागत लाग्ने अनुमान गरिएको छ ।

नयाँ खरिदका लागि करिब १२ लाख रुपैयाँ पर्ने एम्बुलेन्स मर्मत खर्च नै छ लाख ४१ हजार रुपैयाँ लाग्ने भएपछि समस्या भएको उनको भनाइ छ । लामो समय ग्रामीण भेगमा सञ्चालन भएका कारण इन्जिन लगायतका अन्य पाटपुर्जा बिग्रिएको सभापति श्रेष्ठले बताए । दुई वर्षसम्म बेवारिसे अवस्थामा राख्नुभन्दा कि मर्मत गर्नुपर्ने कि त यसलाई अर्को व्यवस्था गरी नयाँ खरिद गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x