Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको ‘बडा दशैँ, तिहारको बडा अफर’

रियलमीको ‘बडा दशैँ, तिहारको बडा अफर’


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैँ, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । नेपालीहरूको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहारस्वरूप एमजी ४ ईभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरूप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै, हरेक हप्ता दुई जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् । रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहकहरू यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले रियलमी दशँैतिहार अफर डटकम नामक वेबसाइटमा गएर आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यो योजना असोज १५ देखि कार्तिक २२ सम्म लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x